images

२०८३ कार्तिक २ गते

images
images
images

गुराँस लघुवित्तले कमायो २ करोड ५९ लाख खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

गुराँस लघुवित्तले कमायो २ करोड ५९ लाख खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

images
images
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • काठमाडौँ आर्थिक बर्ष २०८०/८१ मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १४४९.११ प्रतिशतले बढेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक बर्ष २०८०/८१ मा यस लघुवितत कम्पनीले २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यसअवधिमा खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । 

    images
    images

    सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।

    गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend