images

२०८३ कार्तिक २ गते

images
images
images
  • अटो
  • सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटनाः तीनको...

सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटनाः तीनको मृत्यु, तीन जना बेपत्ता

सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटनाः तीनको मृत्यु, तीन जना बेपत्ता

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • काठमाडौँ, १ कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ । 

    images
    images

    तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोर सहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend