काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दैनिक ट्राफिक कारबाही विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३२७ सवारीसाधनमाथि कारबाही गरिएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४४ जना, सिटबेल्ट प्रयोग नगर्ने ११ जना, रेड लाइट उल्लङ्घन गर्ने १५ जना, तीव्र गतिमा सवारी चलाउने ८६ जना र लेन अनुशासन उल्लङ्घन गर्ने ३ जनामाथि कारबाही गरिएको छ।
त्यस्तै, अन्य ट्राफिक नियम उल्लङ्घनमा १११ जनामाथि कारबाही गरिएको विवरणमा उल्लेख छ। ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा अनुगमन र कारबाही गर्दै आएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, निर्धारित गतिमा सवारी चलाउन र सडक सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।
स्रोतः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय।





.gif)





