images

२०८३ कार्तिक २ गते

images
images
images

गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • महेन्द्रनगर,  १ कात्तिक । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ ।

    images
    images

    चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित  जाँच सुरु गरेको हो ।

    सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरीले पाँच केनाइन शाखा गड्डाचौकीमा स्थापना गरेको जानकारी दिएका छन् ।

    images
    images

    “मुलुककाचार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रको सुरक्षा पहरामा खटाएको थियो ।” सिग्देलले भने, “अब पाँचाँै शाखाका रुपमा गड्डाचौकीमा केनाइन युनिट रहन्छ ।”

    उनले सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले गड्डाचौकीमा पहिलो पटक तालिमप्राप्त कुकुर चेकजाँचमा खटाएको जानकारी दिएका छन् । “सशस्त्र प्रहरी बलको सुदूरपश्चिममा यो पहिलो शाखा पनि हो,” उनले भने, “यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।”

    सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा पाँच जनाको तालिमप्राप्त दक्ष जनशक्ति तथा तालिमप्राप्त दुई वटा लेब्राडोर अल्फा नाम गरेको फिमेल डग र जर्मन सेफर्ड जातको डेल्टा नाम गरेको मेल डगसहित केनाइन शाखा स्थापना गरेर कार्य प्रारम्भ गरिएको छ ।

    “जर्मन सेफर्डले सीमामा हातहतियार र विष्फोटक पदार्थ चेकजाँच गर्ने र लेब्राडोर अल्फाले लागूपदार्थ जाँच गर्नेछ,” सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने, “सशस्त्र प्रहरी बलले कञ्चनपुरमा सीमा क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएको छ ।”

    शुक्रबार बिहान उद्घाटन गरिएको चेकजाँचको अनुगमनमा कञ्चनपुर जिल्ला प्रमुख अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायत उपस्थित थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend