images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपालका लागि दिपल ईभी अब १३...

नेपालका लागि दिपल ईभी अब १३ लाख ९९ हजार डाउन पेमेन्टमा पाइने

नेपालका लागि दिपल ईभी अब १३ लाख ९९ हजार डाउन पेमेन्टमा पाइने

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक न्यूनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने बताइएको छ ।

    images
    images

    यो स्किमअन्तर्गत अब दिपलका ईभीहरू २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने बताइएको छ । दिपलको प्रिमियम ईभीहरू एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा पाइने बताइएको छ ।

    ग्राहकले फ्लटिंग बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा सात वर्षको सवारी कर्जाको उपभोग गर्न सक्नेछन् । ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन फाइनान्सिङ पार्टनर एमएडब्लू हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्ने व्यवस्था गरिएको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य सोरुमलगायत देशभरका डिलरमा समेत लागु हुने बताइएको छ ।

    images
    images

    यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लू वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिज गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागु हुने बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend