images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • एसईई परीक्षा: मर्यादाविपरीत कार्य गर्ने...

एसईई परीक्षा: मर्यादाविपरीत कार्य गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

एसईई परीक्षा: मर्यादाविपरीत कार्य गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • वीरगन्ज । पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसईई परीक्षा समन्वय समितिको बैठकबाट उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।

    images
    images

    प्रजिअ अर्यालले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले सचेत गराउने निर्णय गरिएको बताए । सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि शंकास्पद देखिएकाले उनलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय गरिएको अर्यालले जानकारी दिए ।

    यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अभिभावक संघलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

    images
    images

    नेपाल राष्ट्रिय माध्यमिक विद्यालय केन्द्रमा निरीक्षकका रूपमा खटिएका शिक्षक लालबाबु यादवले परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । सिद्धार्थ माध्यमिक विद्यालय परीक्षा केन्द्रका संस्थागत विद्यालयमा समेत अध्यापन गराउने धमेन्द्र पाण्डे र रामबालक यादवलाई निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ ।

    सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय परीक्षा केन्द्रमा नियमिततर्फका परीक्षार्थीलाई ग्रेडवृद्धितर्फको र ग्रेडवृद्धितर्फका परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गरिएको पाइएको छ । यस्ता कार्य आउँदा परीक्षामा हुन नदिन निर्देशन दिइएको छ । प्रश्नपत्र वितरणलगायत परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीलाई समेत परिचालन गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।परीक्षा केन्द्रहरूमा प्रश्नपत्र परीक्षा समयभन्दा ठिक २० मिनेटअगाडि मात्र खोल्ने व्यवस्था मिलाउन बैठकबाट निर्देशन दिइएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend