images

२०८३ आश्विन २० गते

images
images
images

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • पर्साः वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    भन्सार विभागले कार्यालयलाई वर्ष भरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धन बहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशत सम्म राजस्व सङ्कलन भएको जानकारी दिका छन ।

    कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने असोजमा चार अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

    images
    images

    यसैगरी, गत मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ र फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालु आवको आठ महिना मध्ये सबैभन्दा बढि राजस्व फागुनमा नै सङ्कलन भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend