images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • नेपालले कृषिबाट फाइदा लिन सकेको छैनः...

नेपालले कृषिबाट फाइदा लिन सकेको छैनः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल

नेपालले कृषिबाट फाइदा लिन सकेको छैनः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल

images
images
शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • काठमाडौँः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रबाट फाइदा लिन निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्ने बताएका छन्।

    images
    images

    नेपाल कृषि तथा मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै अध्यक्ष ढकालले कृषिमा पर्याप्त सम्भावना भए पनि नेपालले त्यसबाट फाइदा लिन सकेको छैन।

    चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिको यान्त्रिकरण, आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्ने बताएका छन।

    images
    images

    ‘नेपालको भौगोलक बनावट, हावापानीमा भएको विविधता, प्राकृतिक साधन र श्रोत हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना रहेको छ। यसलाई व्यवसायिक बनाउन सकियो भने लाखौ मानिसलाई कृषि मै रोजगारी सिर्जना गर्न सकिन्छ र देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ। कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन सकिन्छ,’ चन्द्रप्रसाद ढकालले बताए।

    चन्द्रप्रसाद ढकालले देशलाई कृषि प्रदान भन्ने तर कृषि क्षेत्रलाई सधैँ उपेक्षा गरिएको बताउँदै आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन र कार्यान्वयनयोग्य बजेट निर्माणका लागि सरकारसँग आग्रह गरे।

    महासंघले कृषि उद्यम केन्द्रका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिँदै चन्द्रप्रसाद ढकालले महासंघ ७७ जिल्लामा रहेका आफ्ना १२४ जिल्ला नगर उद्योग वाणिज्य संघहरु सँग समन्वय गरी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए।

    कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भए पनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै अनुदानलाई व्यवस्थित गर्नुपर्ने बताए।

    कृषिको विकाकसका लागि राज्यले प्रविधिको प्रयोग मार्फत कृषि वस्तु उत्पादन र बजारीकरणमा राज्यको लगानी प्रर्वद्धन गर्न जरुरी रहेको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि किसानको लागि समयमै मल, बिउ, प्रविधि उपलब्ध गराउनु पर्नेमा जोड दिए।

    साधारणसभाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए।

    उनले सरकार उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै अघि बढेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend