images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकले गर्यो विद्यार्थी...

कामना सेवा विकास बैंकले गर्यो विद्यार्थी लक्षित कार्यक्रम

कामना सेवा विकास बैंकले गर्यो विद्यार्थी लक्षित कार्यक्रम

images
images
शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • काठमाडौंः सप्तरीको सदरमुकाम राजविराजमा कामना सेवा विकास बैंकले ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करणको अवसरमा शुक्रवार कलेजका विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

    images
    images

    स्थानीय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयेजना गरिएको छ ।

    नेपाल राष्ट्र बैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधि’ जानकारी दिने र लगानीका क्षेत्र सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्य नारायण मुखियाले जानकारी दिएका छन। ‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्व’ जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई रहेको छ ।

    images
    images

    कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्षको बारेमा विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend