images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • स्काईवेलको सुविधा सम्पन्न फ्ल्यागसिप शोरुम नक्सालमा...

स्काईवेलको सुविधा सम्पन्न फ्ल्यागसिप शोरुम नक्सालमा सञ्चालन

स्काईवेलको सुविधा सम्पन्न फ्ल्यागसिप शोरुम नक्सालमा सञ्चालन

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । जी मोटर्सले स्काईवेलको सुविधा सम्पन्न फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नक्सालमा स्काईवेलको फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको हो । चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन माहमहीम बाद जीन् ले उक्त शोरुमको उद्घाटन गरेका छन् । साथै, शोरुम उद्घाटन कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस छु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्सका अध्यक्ष दुर्गाप्रसाद गेलालको पनि उपस्थिति रहेकाे थियो ।

    images
    images

    योसँगै स्काईवेलका नेपालमा पाँच वटा शोरुम पुगेको छ । चिनियाँ ब्राण्ड स्काईवेलले विश्वका ६५ भन्दा बढी देशमा गाडी बिक्री गर्दै आएको छ । विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ जी मोटर्सले बिक्री गर्छ । 

    स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स आईन्ट स्काई वर्षको ब्राण्ड हो । भक्तपुरको राधेराधेमा पहिलो शोरुम खोलेर नेपालमा जी मोटर्सले स्काईवेलका गाडी एक वर्ष अगाडिबाट प्रिमियम एसयूभीको बिक्री वितरण शुरू गरेको थियो ।नेपाली बजारमा भित्रिएको एक वर्षभित्रमै राम्रो ब्राण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले हालसम्म १०० भन्दा बढी एसयूभीहरू बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए । स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र बिक्री पछिको गुणस्तर सर्भिस रहेको बताइएको छ । 

    images
    images

    ‘हामी बिक्री पछिको सेवालाई मध्यनजर गर्दै गाडी बिक्री गरिहरेका छौं, दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्ने छैनौं, तर बजारमा ईभीलाई बुझेर मात्र किन्न मेरो सुझाव छ,’ उनले भने । यस्तै, जी मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेल प्रिमियम एसयुभी ब्राण्ड भएता पनि यो गाडी आमग्राहकको रोजाइमा परेको बताए । ‘स्काईवेल छोटो समयमै आफ्नो बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेको  छ, आगामी दिनमा थप नयाँ शोरुमका साथै नयाँ मोडलका गाडी पनि सार्वजनिक गर्दै जानेछौं,’ उनले भने ।  

    कम्पनीका अनुसार स्काईवेल इटी फाईभको मूल्य एक करोड १५ लाख रूपैयाँ पर्छ साथै कम्पनीले ‘स्काईवेल बीई ११’ शोरुम उद्घाटनको क्रममा अनावरण गरेको छ ।नाडा अटो शोबाट बिक्री सुरु भएको उक्त गाडीमा ५१.९२ र ७१.९८ किलोवाट आवर ब्याट्रीको विकल्पमा उपलब्ध छन् । कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज भएको उक्त एसयुभी गाडीको मूल्य ७९ लाख ९० हजार रूपैयाँ रहेको कम्पनीको भनाई छ । यस्तै, स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी चाँडै लिएर आउन लागेको पनि कार्यकारी निर्देशक गेलालले जानकारी दिए । 

    स्काईवेलका गाडीमा विशेषगरी उत्कृष्ट फिचर समावेश भएकाले यी गाडीहरू नेपाली ग्राहकको रोजाइमा पर्दै आएका छन् । स्काईवेलका दुई वटा सर्भिस सेन्टर पनि तयार भइसकेको जी माेटर्सले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend