images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • इसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा...

इसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच हस्ताक्षर भएको हो।

    images
    images

    सम्झौता अनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका इसेवा मनी ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरू मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन्।यस सम्झौताले आप्रवासी नेपालीहरूका लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने  प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउनेछ।

    इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, 'हामी नेपाली समुदायलाई सामाजिक सुरक्षामा सहभागी गराउन पाउँदा अत्यन्तै खुशी छौं। अब विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्नेछन्। यस साझेदारीले प्रविधिको सहायताले भुक्तानी प्रक्रियालाई सरल बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं।'

    images
    images

    यस साझेदारीले आप्रवासी नेपालीहरूको सामाजिक सुरक्षामा योगदान गर्ने प्रक्रियालाई अझ परिष्कृत, प्रविधि–सक्षम र सहज  बनाउनेछ।इसेवा मनी ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

    सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनी ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिटेन्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend