images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • चालु वर्षमा अनएसेम्बल मोटरसाइकलको आयात ८८...

चालु वर्षमा अनएसेम्बल मोटरसाइकलको आयात ८८ प्रतिशतले बढ्यो

चालु वर्षमा अनएसेम्बल मोटरसाइकलको आयात ८८ प्रतिशतले बढ्यो

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । चालु वर्षमा अनएसम्बल (फिट नगरिएको) मोटर साइकलको आयात उल्लेख्य बढेको छ।

    images
    images

    भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ८ महिनामा परिमाणात्मक रूपमा ८८.९३ प्रतिशतले र आयात मूल्यका हिसाबले ८७.१५ प्रतिशतले आयात बढेको छ।यसरी आयात बढ्दा भन्सार विन्दुमा उठ्ने अनएसेम्बल मोटरसाइकलको राजस्व ८९.५३ प्रतिशतले बढेको छ। 

    २०८१ साउनदेखि फागुनसम्मको अवधिमा १० अर्ब ७८ करोड लागतका  ८३ हजार ९२७ वटा अनएसेम्बल मोटरसाइकल आयात भएको छ।गत वर्ष यसै समयमा ५ अर्ब ७६ करोड लागतका ४४ हजार ४२७ वटा यस्ता मोटरसाइकलको आयात भएको थियो।यी मोटरसाइलको आयातबाट भन्सार विन्दुमा १० अर्ब ५ करोड रूपैयाँ राजस्व उठेको छ। गत वर्ष ५ अर्ब ३० करोड उठेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend