images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • भक्तपुरमा बेवारिसे सडक मानवको सहयोगार्थ ...

भक्तपुरमा बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ हुँदै

भक्तपुरमा बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ हुँदै

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • भक्तपुर । बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय सञ्चार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा आयोजना हुनेछ भने कथा वाचन संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवले गर्नेछिन् ।

    images
    images

    सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ प्रचारप्रसार समितिका संयोजक पेशल आचार्यले जानकारी दिए ।‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ का संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएकोे जानकारी दिए ।

    २०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ ।

    images
    images

    केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ। संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएको छ भने सडकमा बेवारिसे फेलापरेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend