काठमाडौं । बजारमा बिहीबार सागको भाउ घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिको तथ्यांकले आज बिहीबार सागको भाउमा गिरावट आएको देखाएको हो ।
समितिको तथ्यांक अनुसार बुधबार थोकमा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको पालुंगो साग आज बिहीबार १० रुपैयाँ घटेर ५५ मा झरेको छ ।
यस्तै तोरी साग बुधबार ३५ रुपैयाँ र मेथीको साग ५५ रुपैयाँ थियो । आज तोरी सागको थोक मूल्य २६.६७ रुपैयाँ छ भने मेथीको साग किलोको ४६.६७ रुपैयाँ कायम छ ।कालीमाटी बजारमा रायो सागको मूल्य भने स्थिर छ । रायो साग थोकमा किलोको ४५ रुपैयामाँ किनबेच भइरहेको छ ।




.gif)





