images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी...

दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, आईएफसी र ईयूको साझेदारी

दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, आईएफसी र ईयूको साझेदारी

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । मार्च महिनाको पहिलो हप्ता एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीनदिने तालिम सञ्चालन गर्‍यो ।सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू– ऊर्जा, कृषि व्यवसाय र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।

    images
    images

    नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक, र सुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउँछ ।

    आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकको व्यावसायिक टोली (ई एन्ड एस तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना) सहभागी भयो । उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षताजस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्‍यो ।

    images
    images

    यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend