images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • एसइईमा ४ जिपीए ल्याउनेलाई ककनी गाउँपालिकाले...

एसइईमा ४ जिपीए ल्याउनेलाई ककनी गाउँपालिकाले १ लाख दिने

एसइईमा ४ जिपीए ल्याउनेलाई ककनी गाउँपालिकाले १ लाख दिने

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • नुवाकोट । ककनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरष्कृत गर्ने भएको छ । बिहीबारदेखि सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गर्दै उत्तिर्ण विद्यार्थीको जिपीएको आधारमा पुरस्कार दिन लागेको गाउँपालिकाले जनाएको छ ।

    images
    images

    ककनी गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै ४ जिपीएसहित उत्तिर्ण हुने विद्यार्थीलाई १ लाख रुपैयाँ सहित पुरष्कृत गर्ने घोषणा गरेको हो । ३.९ देखि ४ जिपीए ल्याउनेलाई ५० हजार रुपैयाँले पुरष्कृत गरिने र ३.८ देखि ३.९ सम्मका लागि २० हजार रुपैयाँले पुरष्कृत गर्ने भएको छ ।

    यस्तै,३.७ देखि ३.८ जिपीए ल्याउनेलाई १५ हजार र ३.६ देखि ३.७ ल्याउनेलाई १० हजार रुपैयाँसहित पुरष्कृत गरिने ककनी गाउँपालिकाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend