images

२०८३ आश्विन २० गते

images
images
images

कटहरका रुख सुकेपछि किसानलाई चिन्ता

कटहरका रुख सुकेपछि किसानलाई चिन्ता

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। कटहर उत्पादनका लागि परिचित यस क्षेत्रमा रुख सुकेसँगै किसानको आम्दानी प्रभावित भएको छ।स्थानीय किसानका अनुसार, पछिल्लो चार वर्षदेखि कटहरका बोट सुक्न थालेका छन्। 

    images
    images

    यस अवधिमा करिब १,२०० कटहरका रुख सुकिसकेको स्थानीय ज्ञानमणि नेपाल बताउँछन्।चार वर्षदेखि रुख सुक्दै गएका कारण यहाँका किसानहरू निकै चिन्तित छन्। अहिले हामी समाधानको खोजीमा छौं, उनले भने।

    अनविज्ञ किसानहरुः
    मण्डनदेउपुरका ज्वानेटार, जोगीटार, कान्तिटार, श्रीचौर र ज्याम्दी लगायतका क्षेत्रमा सयौं कटहरका रुख सुकिसकेका छन्। तरकारी र खाद्यान्नसँगै कटहरलाई आम्दानीको प्रमुख स्रोत मान्ने किसानहरू अहिले निराश छन्। 

    images
    images

    किन कटहरका रुख मर्दै गइरहेका छन् भन्नेबारे किसानहरू अनविज्ञ छन्। कतैबाट यसको वास्तविक कारण पत्ता लाग्न सकेको छैन, नेपाल भन्छन्।एक बोटबाट वार्षिक १० हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा अहिले किसानको आम्दानी शून्य जस्तै भएको छ।किसान पशुपति श्रेष्ठका अनुसार, केही वर्षअघि उनको बारीमा १२ वटा कटहरका रुख थिए। अहिले आठ वटा सुकेर नष्ट भइसकेका छन्। पहिले बर्सेनि ४० हजार रुपैयाँको कटहर बेच्थें, अहिले बेच्नै पाएको छैन, उनले दुःख व्यक्त गरे।

    एउटा बोटमा तीन सयदेखि चार सय वटा कटहर फल्ने गरेकामा अहिले १५० वटा फल्न पनि मुस्किल भइरहेको किसान बताउँछन्।

    अनुसन्धानको आवश्यकता
    मण्डनदेउपुर क्षेत्रमा करिब २,००० कटहरका रुख छन्। सामाजिक अगुवा हरिप्रसाद नेपाल भन्छन्, रुख सुक्ने समस्या कृषि विज्ञहरूका लागि चुनौती बनेको छ। यसबारे गहिरो अध्ययन आवश्यक छ।

    जिल्ला कृषि विकास कार्यालय, धुलिखेलले गरेको प्रारम्भिक अनुसन्धान अनुसार, कटहरको जरामा ढुसी र किराको संक्रमण देखिएको छ। कृषि अधिकृत रमा कार्की भन्छिन्, तर, यही रोगको कारण हो भन्ने प्रमाणित भइसकेको छैन। थप अनुसन्धान आवश्यक छ।किसानहरूले समस्या समाधानका लागि वैज्ञानिक अध्ययन र आवश्यक सहयोगको माग गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend