images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १०...

बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गर्दै छ।

    images
    images

    यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ। यसको लागी भुक्तानी गर्न एससीटी–यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ। यो अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागू हुने कम्पनीको भनाई छ।

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ। 

    images
    images

    एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend