images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • शिक्षकको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन...

शिक्षकको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन सुरु

शिक्षकको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन सुरु

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • तनहुँ । भानु नगरपालिकाले आधारभूत तहका शिक्षक कर्मचारीहरूको मासिक तलब  इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन थालेको छ।

    images
    images

    यो प्रक्रिया पहिलोपटक लागू गरिएको हुँदा केही शिक्षकहरूको बैंक खाता नम्बर र कर्मचारी सञ्चयकोषको विवरण म्याच नगरी तलब पेन्डिङमा रहेको जानकारी आर्थिक प्रशासन शाखाले गराएको छ।

    नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत तलब नपाएका शिक्षक कर्मचारीहरूलाई आफ्नो बैंक खाता विवरण र कर्मचारी सञ्चयकोषको जानकारी पुनः सत्यापित गर्न अनुरोध गर्दै भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा वा आप्र शाखामा सम्पर्क राख्न आग्रह गरेको छ।

    images
    images

    यसबाट शिक्षक कर्मचारीहरूको तलब शीघ्र वितरण सुनिश्चित गर्न पालिका सक्रिय रहेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend