काठमाडौं । बजारमा रायोको सागको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।सोमबार कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य ४० देखि ४५ रूपैयाँमा कारोबार भएको छ।
आइतबारको तुलनामा यो प्रतिकिलो दश रूपैयाँले सस्तो हो।आइतबार कालीमाटी बजारमा रायोको प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भइरहेको थियो।१५ दिनअघि भने कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य १५ देखि २५ रूपैयाँ थियो।
अहिले बजारमा रायोको सागको आपूर्ति कम भएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्।व्यवसायीहरूका अनुसार अहिले रायोको सागको सिजन सकिन लागेकोले थोरै मात्रामा मात्रै साग बजारमा भित्रिएको छ।अब विस्तारै क्रमशः रायोको सागको सिजन सकिँदै जानेछ भने बर्खे तरकारीको सिजन सुरू हुनेछ।




.gif)





