images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा...

वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा राख्ने तयारी

वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा राख्ने तयारी

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने पहल भइरहेको बताएका छन् । ग्लोबल मनी वीकको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्यालयको पाठ्यक्रममा नै वित्तीय शिक्षा राख्ने पहल भइरहेको बताए । 

    images
    images

    पाठ्यक्रममा वित्तीय साक्षरतालाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया कार्यक्रम पनि गरेको उनले जानकारी दिए । यस अघि उनले नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाको रुपमा लिएको बताए । त्यसको अर्थ  'सबै सर्वसाधारणको बैंकका खाता होस र ति खाताहरू सक्रिय रुपले चलुन’ भन्ने उद्देश्य भएको उनको भनाई छ । यस्तै उनले विद्यालयका विद्यार्थीहरूलाई बचतमा ध्यान दिन पनि सुझाएका थिए ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend