images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • व्यापारिक प्रयोजनका लागि ९० हजार मेट्रिक...

व्यापारिक प्रयोजनका लागि ९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ कम्पनीले पाए अनुमति

व्यापारिक प्रयोजनका लागि ९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ कम्पनीले पाए अनुमति

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौँ । व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गर्न लागिएको ९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले अनुमति पाएका छन् ।उक्त गहुँ आयातका लागि ५९ वटा व्यापारिक कम्पनीको आवेदन दिएका थिए । जसमध्ये ७ प्रतिष्ठानलाई छनौट गरिएको विभाग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 

    images
    images

    भारतले नेपाललाई कोटा सुविधा अन्तर्गत उपलब्ध गराएको २०० मेट्रिक टन गहुँमध्ये ९० हजार मेट्रिक टन गहुँ आयात गर्न विभागले उक्त कम्पनी छनोट गरेको हो । छनोट पर्नेमा काठमाडौँ कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रेड लिंक छन् । यस्तै वीरगन्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेसनल र काठमाडौँ डिल्लीबजारको दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेजलाई विभागले छनोट गरेको छ । 

    छनोटमा परेका प्रत्येक कम्पनीले ३ हजार टनका दरले गहुँ आयात गर्न पाउने जनाएको छ । कम्पनीले भारतको नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेडबाट कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने छ । अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend