images

२०८३ आश्विन १८ गते

images
images
images

ललितपुरको कुपण्डोलमा महर्षि ल कलेज स्थापना

ललितपुरको कुपण्डोलमा महर्षि ल कलेज स्थापना

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौँ । ललितपुरको कुपण्डोलमा ल कलेज खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर महर्षी ल कलेज स्थापना गरिएको हो । कलेजको अध्यक्षमा शिक्षाविद् प्रा.डा.ज्ञानेन्द्र पौडेल तथा क्याम्पस प्रमुखमा सह प्राध्यापक डा.जगत बन्धु पराजुली छन् ।

    images
    images

    कलेजमा कानुनी क्षेत्रमा लामो अनुभव भएका प्राध्यापकहरू र बरिष्ठ अधिवक्ताहरु आवद्ध छन् । कलेजमा विद्यार्थीहरूलाई वैज्ञानिक र व्यावहारिक शिक्षण पद्धति अनुसार कानूनी अध्ययन गराइने र त्यसले उनीहरूलाई भविष्यमा दक्ष कानुन व्यवसायी तथा अनुसन्धानकर्ता बन्न सहयोग गर्ने अध्यक्ष प्रा.डा.पौडेलले बताए ।

    कलेज प्रशासनले पहिलो वर्षको लागी वी.एल.एल.वी. संकायमा भर्ना आह्वान गरेको छ । क्याम्पस प्रमुख सहप्राध्यापक डा. पराजुलीले शिक्षा व्यवसाय नभएर सेवा हो भन्ने भावना राखेर महर्षि कलेज स्थापना गरेको जानकारी दिए ।

    images
    images

    कानुन विषयको शिक्षा महँगो बन्दै गएको बर्तमान अवस्थामा सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गरिने कलेजकी परामर्शदाता अधिवक्ता अमृता देवकोटाले बताइन् ।

    उनले भनिन्, ‘कानुन अध्यापन गरिने अरु कलेजको तुलनामा सहुलियत शुल्कमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ त्यस्तै अभ्यासमुखी शिक्षण प्रविधि लागू गरिने सो कलेज व्यवस्थापनले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend