images

२०८३ आश्विन २० गते

images
images
images

गोरु पाल्ने किसानलाई पालिकाको अनुदान

गोरु पाल्ने किसानलाई पालिकाको अनुदान

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ ।  चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान रु तीन हजारका दरले अनुदान दिने जनाएको छ । 

    images
    images

    अनुदान दिनका लागि पालिकाले दुई सय ५८ किसान छनोट भएका छन् । जसअनुसार वडा नं १ मा २४, वडा नं २ मा ३४, वडा नं ३ मा नौ, वडा नं ४ मा ३९ तथा वडा नं ५ मा ६९ जना छन् । 

    त्यसैगरी वडा नं ६ मा ३१, वडा नं ७ मा १४ र वडा नं ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो । अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो । जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीले जानकारी दिनुभयो । अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ । 

    images
    images

    गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताउनुभयो । “समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ”, उहाँले भन्नुभयो, “भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend