images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा रायोको सागको मूल्य बढ्यो, प्रतिकिलो...

बजारमा रायोको सागको मूल्य बढ्यो, प्रतिकिलो कति?

बजारमा रायोको सागको मूल्य बढ्यो, प्रतिकिलो कति?

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । बजारमा रायोको सागको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    शुक्रबार कालीमाटी बजारमा रायोको प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँ छ। एक महिना अघि अर्थात् फागुन १ गते कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य १० देखि १५ रूपैयाँ थियो। 

    १५ दिनअघि भने कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य १५ देखि २५ रूपैयाँ थियो। अहिले बजारमा रायोको सागको आपूर्ति कम भएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्। 

    images
    images

    व्यवसायीहरूका अनुसार अहिले रायोको सागको सिजन सकिन लागेकोले थोरै मात्रामा मात्रै साग बजारमा भित्रिएको छ। अब विस्तारै क्रमशः रायोको सागको सिजन सकिँदै जानेछ बर्खे तरकारीको सिजन सुरू हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend