images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • काठमाडौं फिन्टेक र एसियन बैंकबीच साझेदारी...

काठमाडौं फिन्टेक र एसियन बैंकबीच साझेदारी हुने

काठमाडौं फिन्टेक र एसियन बैंकबीच साझेदारी हुने

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन बैंकर र काठमाडौं फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।काठमाडौं फिन्टेकले ट्याब ग्लोबलको नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिका रूपमा काम गर्ने गरी यो समझदारी भएको हो ।

    images
    images

    यसले नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनलले द एसियन बैंकर, द बैंकिङ एकेडेमी, ट्याब इन्साइट्स तथा वेल्थ एन्ड सोसाइटी जस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउने काठमाडौं फिन्टेकले जनाएको छ ।

    ‘हामी काठमाडौं फिन्टेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौं । नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ, र यस प्रक्रियालाई ग्लोबल नलेज एक्स्चेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउने छ,’ ट्याब ग्लोबल अध्यक्ष इम्यानुएल ड्यानियलले भने, ‘हामी नेपाली तथा भुटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसर प्रदान गर्न प्रतिबद्ध छौं ।’

    images
    images

    नेपाल र भुटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबल जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्य कोशेढुंगा सावित हुने काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाले बताए । ‘ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भुटानी बैंकिङ प्रोफेसनललाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ उनले भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend