images

२०८३ आश्विन २१ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई...

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवा सुरू

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवा सुरू

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार एक विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई सेवा शुभारम्भ गरेको छ।उक्त सेवाको सुरूवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआइमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्।

    images
    images

    यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। साथै, यो सेवा क्रस बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू को उपस्थिति रहेको थियो।

    images
    images

    नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे। उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक 'डिजिटल नेपाल' अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधिहरूको प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए। 

    उनले डिजिटल भुक्तानी प्रविधिलाई नेलभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने उल्लेख गरे।यस अवसरमा प्रभु बैंकका प्रतिनिधिहरूले बैंक प्रविधिमा निरन्तर अग्रसर रहेको जानकारी गराउँदै बैंकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश–विदेशमा उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको बताए।

    नेपाल राष्ट्र बैंकका गभर्नर, कार्यकारी निर्देशक, निर्देशक, बैंकका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तिहरूले भीम युपिआई सेवाको शुभारम्भ मुक्तिनाथ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै नेपालमा डिजिटल वित्तीय सेवा विस्तारको दिशामा यो अर्को महत्वपूर्ण कदम हुने उल्लेख गरे।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend