images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक...

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी पदबहाली

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी पदबहाली

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं ।  डा टंक बाराकोटीले पदबहाली स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा पदबहाली भएका छन्। तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए। 

    images
    images

    डा बाराकोटीले शुक्रबार बिहान महानिर्देशकको पत्र बुझेर  पदबहाली गर्न पुगेका हुन्। डा बाराकोटी  मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत थिए।

    स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। डा बाराकोटी  स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend