images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चैत ८...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चैत ८ गते वार्षिक साधारण सभा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चैत ८ गते वार्षिक साधारण सभा

images
images
बिहिवार, फाल्गुण २९ २०८१
बिहिवार, फाल्गुण २९ २०८१
  • काठमाडौंः सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ८ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। 

    images
    images

    कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।

    साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धिका कारण प्रबन्ध पत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। यसैगरी, कम्पनीको रजिस्टर्ड कार्यालयको स्थान परिवर्तन र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरूको अनुमोदनसमेत प्रस्तावमा समावेश गरिएको छ।

    images
    images

    सभाका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend