images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • वैशाख ३ गतेदेखि रिलायबल क्यापिटलले सामुहिक...

वैशाख ३ गतेदेखि रिलायबल क्यापिटलले सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने

वैशाख ३ गतेदेखि रिलायबल क्यापिटलले सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले रिलायबल म्युचुअल फण्ड नाम अन्तर्गत रिलायबल समृद्धि योजना नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको हो । २०८२ वैशाख ३ गतेदेखि इकाई निष्काशन हुने जनाइएको छ । 

    images
    images

    १ अर्ब रुपैयाँ बराबरको उक्त योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्ने छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई छुट्याईएको छ।  बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

    न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। इकाई निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यस निष्काशनमा छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख वैशाख १७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend