images

२०८३ आश्विन २० गते

images
images
images

घाँस खेतीबाट आम्दानी लिँदै घोराहीका किसान

घाँस खेतीबाट आम्दानी लिँदै घोराहीका किसान

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • घोराही । घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे वालीका रूपमा गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट राम्रो आम्दानी लिन सकिने भएपछि मिकसरले पछिल्लो समय बर्सिम घाँस खेती गर्दै आउनुभएको छ ।

    images
    images

    करिब एक बिघाभन्दा बढी जग्गामा घाँस खेती गर्नुभएका चौधरीले गतवर्ष डेढ लाख रुपियाँको घाँसको बिउ बिक्री गरेको बताउनुहुन्छ । प्रतिकेजी दुई सयका दरले साढे सात क्विन्टल घाँसको बिउ बिक्री गर्दा डेढ लाखभन्दा बढी आम्दानी गरेको बताउनुुहुन्छ । 

    अन्य वाली जस्तो मिहिनेत गर्न नपर्ने र पशुपालनका लागि समेत सजिलो हुने भएकाले बर्सिम घाँस खेती गर्न थालेको भन्दै किसान मिकसरले भन्नुभयो, ‘‘घाँस खेती गर्नका लागि जोत्नु पर्दैन, चिसो जमिनमा छरर्दिए उर्मिहाल्छ । घाँस खेती गर्न दुःख छैन ।’’

    images
    images

    घरमा दुई वटा भैसीसँगै बाख्रा, बङ्गुरपालेको भन्दै उहाँले घाँस खेतीले गर्दा सहजता भएको उहाँको भनाइ छ । घाँस खेती नगर्दा हिउँदमा पशुका लागि घाँस पाउनै गाह्रो हुने गरेको भए पनि घाँस गर्न थालेपछि समस्या हेटेको बताउनुभयो । बर्सिम घाँस पोसिलो हुने भएकाले दूध उत्पादन किसानका लागि अत्यन्तै लाभदायक भएको बताउनुहुन्छ ।मिकसर जस्तै गुरुवागाउँकै मैनामती चौधरीको परिवारले पनि विगत दस वर्षयता करिब दस कठ्ठा जग्गामा बर्सिम घाँसको खेती गर्दै आउनुभएको छ । सिँचाइको सुविधा नभएको जमिनमा अन्नवालीभन्दा घाँस खेतीबाट राम्रो आम्दानी हुने भएपछि  तोरी, गहुँ र मसुरा खेती छोडेर बर्सिम घाँसको खेतीमा लागेको मैनामती बताउनुुहुन्छ । 

    घाँस खेतीले गाईबाख्रा पाल्नदेखि बिक्रीका लागि सजिलो भएको भन्दै मैनामैतीले भन्नुभयो, ‘‘तोरी, मसुरो खेतीभन्दा घाँस खेती गर्दा सजिलोसँगै आम्दानी बढी हुन्छ । घाँस रोप्दा  जोत्नै पर्दैन, बिक्रीमा पनि समस्या हुँदैन ।’’ हरियो घाँससँगै बिउ उत्पादन गरेर बिक्री गर्दा वर्षमा ४०÷ ५० हजार रुपियाँ आम्दानी हुने र त्यही पैसाबाट दाल, तेललगायत घरका लागि आवश्यक सामग्री किन्ने गरेको बताउनुहुन्छ । हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेपछि बिउ उत्पादन गरेर बिक्री गर्ने गरेको भन्दै उहाँले भन्नुभयो,‘‘घरमा गाईभैंसी छन, घाँसको कुनै समस्या छैन, बिक्री गर्दा पनि राम्रो आम्दानी हुन्छ ।’’ उहाँले गतवर्ष साढे दुई क्वीन्टल बिक्री गरेको र यो वर्ष घाँसमा कीरा नलागेका कारण राम्रो उत्पादन हुने बताउनुहुन्छ ।

    सानो परिवारले पनि थोरै मेहनतमा राम्रो आम्दानी लिन सक्ने भएकाले गाउँका अधिकांश व्यावसायिक घाँस खेतीमा जोडिएको शिवशक्ति घाँस बिउ उत्पादक संघका सचिव बिमल अधिकारीले बताउनुभयो । सचिव अधिकारीका अनुसार पछिल्लो समय घोराही–६ को गुरुवागाउँ बर्सिम घाँसको पकेट क्षेत्रको रूपमा विकास भएको र यससँगै घोराहीकै वडा नं. ५ र ७ नम्वर वडामा समेत किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका छन् । उहाँका अनुसार जिल्लामा करिब तीन सय परिवारले पाँच सय बढी हेक्टर क्षेत्रमा घाँस खेती गर्दै आएका छन् । घाँस खेती गर्दा पशुपालनका लागि सजिलोसँगै जोत्न, मल हाल्न नपर्ने हुँदा कम लगानीमा राम्रो आम्दानी हुने भएकाले घाँस खेतीतर्फ आकषित भएको उहाँले बताउनुभयो ।

    बिउ बिक्रीका लागि शिवशक्ति घाँसको बिउ उत्पादक सङ्घ कृषि सहकारी स्थापना गरेर लागेको भन्दै सचिव अधिकारीले भन्नुभयो, ‘‘सहकारीले किसानले उत्पादन गरेको घाँसको बिउ बिक्रीदेखि खेतीका लागि पहल गर्दै आएको छ ।’’उहाँका अनुसार प्रतिकट्ठा  ३० देखि ३५ केजीसम्म घाँसको बिउ उत्पादन हुने गरेको छ । दाङमा उत्पादन भएको घाँसको बिउ बाँके, बर्दिया, प्युठान, कैलाली, कञ्चनपुर, कपिलवस्तु, धनुषा, सर्लाहीलगायतका विभिन्न ठाउँसम्म जाने गरेको बताउनुभयो । किसानले घाँसको बिउ प्रतिकिलो दुई देखि तीन सयसम्म मुल्यमा बिक्री गर्ने गर्दै आएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend