images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • चिनियाँ कम्पनीले एजेन्ट एआईका रूपमा सार्वजनिक...

चिनियाँ कम्पनीले एजेन्ट एआईका रूपमा सार्वजनिक गर्‍यो 'म्यानस'

चिनियाँ कम्पनीले एजेन्ट एआईका रूपमा सार्वजनिक गर्‍यो 'म्यानस'

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँ  । जेनेरेटिभ एआई प्रविधिमा डिपसिकको लोकप्रियता सेलाउन नपाउँदै अर्को चिनियाँ एप ‘म्यानस’ च्याटबले प्रविधि क्षेत्रमा चर्चा कमाइरहेको छ । म्यानसलाई पहिलो पूर्ण स्वतन्त्र ‘एआई एजेन्ट’ भनिएको छ । एजेन्ट एआईले प्रयोगकर्ताको निर्देशन बेगर नै निजी स्वकीय सरह काम गर्ने क्षमता राख्छ । यसलाई जेनेरेटिभ एआईपछि एआई दुनियाँको अर्को उन्नत प्रविधिका रूपमा लिने गरिएको छ । 

    images
    images

    म्यानसमा निर्माताहरूको भनाइअनुसार यसले इन्टरनेट ब्राउज गर्न, तपाईंका तर्फबाट अर्डरहरू राख्न, तपाईंको कम्प्युटर बन्द हुँदा पनि अनुसन्धान परियोजनाहरू सञ्चालन गर्न र आफैंले सफ्टवेयरसमेत बनाउन सक्छ । सिलिकन भ्यालीमा यस वर्षको सुरुवातमै ठूलो हलचल मच्चाएको चिनियाँ च्याटबट डिपसिकसँग म्यानसलाई तुलना गरिएको छ । तर यो जेनेरेटिभ एआई नभएर जेनेरल पर्पस एआई प्रविधि हो ।

    गत बुधबार यो एप लन्च गर्नासाथ भाइरल बनेको थियो । हाल इन्भिटेसन अर्थात् कसैले निमन्त्रणा पठाए मात्रै चलाउन मिल्ने हुँदा एक चिनियाँ ई-कमर्स प्लाटफर्म ‘जियान्यु’ मा म्यानसको इन्भिटेसन कोड बिक्रीका लागि राखिएको साउथ चाइना मर्निङ पोस्टले मार्च ७ को समाचारमा उल्लेख छ । ‘चीनको सेकेन्ड ह्यान्ड अनलाइन मार्केटप्लेस जियान्युमा केही बिक्रेताहरूले म्यानसको इन्भिटेसन कोड बिक्रीका लागि राखेका थिए, कतिपयले आफ्ना एकाउन्ट भाडामा राखेका थिए,’ पोस्टले लेखेको छ, ‘केही आलोचकहरूले भने म्यानसका निर्माताहरूले नियोजित रूपमा यस्तो अभाव रणनीति अपनाएको आरोप पनि लगाएका छन् ।’

    images
    images

    चिनियाँ स्टार्टअप कम्पनी ‘मोनिका’ ले गत बुधबार यो एप सार्वजनिक गरेपछि सञ्चारमाध्यमहरूले यसलाई ‘अर्को डिपसिक क्षण’ का रूपमा व्याख्या गरेका थिए । गत जनवरी २० मा डिपसिक सार्वजनिक भएयता यसले एआई क्षेत्रमा प्रभुत्व कायम गर्न खोजेका अमेरिका लगायत देश र एनभिडिया, मेटा, ओपनएआईजस्ता ठूला एआई कम्पनीहरूलाई सशंकित बनाएको छ । यी कम्पनीहरूले अर्बौँ डलर खर्चेर एआई पूर्वाधार र टुलहरू विकास गरिरहँदा चिनियाँ स्टार्टअपहरूले सानो र सस्तो लगानीमा उत्तिकै क्षमतावान् टुल बनाएपछि यसले तरंग ल्याएको हो ।

    म्यानससम्बन्धी कम्पनीले वेबसाइटमा राखेको भिडियोअनुसार यो प्रविधिले सोच्न, कार्य तालिका र योजनाहरू बनाउन, जटिल कार्यहरू सम्पादन गर्न सक्छ । यसका लागि म्यानसलाई कुनै प्रम्ट वा अर्डर दिइरहनु पर्दैन, उसले प्रयोगकर्ताका आवश्यकता बुझेर दैनिकी सहज बनाउन मद्दत गर्छ । ‘म्यानस यस्तो जेनेरल एआई एजेन्ट हो जसले सोचाइ र गराइलाई जोड्छ,’ वेबसाइटमा भनिएको छ, ‘यसले सोच्ने मात्रै होइन, यसले काम गरेर नतिजा उपलब्ध गराउँछ । तपाईंले मजाले आराम गरिरहँदा यसले दैनिक जीवन र कार्यालयका विभिन्न कामहरू उत्कृष्ट रूपमा पूरा गरिदिन सक्छ ।’

    म्यानस एआईले यात्राका लागि गाइडबुक बनाइदिनेदेखि टेस्लाको सेयर मूल्य विश्लेषण गर्न सक्ने कम्पनीको दाबी छ । यसबारे सामाजिक सञ्जाल ‘एक्स’ मा राखिएको भिडियो पहिलो २० घण्टामै ३ लाख ७० हजारले हेरेका थिए । कम्पनीका सह-संस्थापक एवं म्यानसका चिफ साइन्टिस्ट जी यिचाओले भिडियोमा भनेका छन्, ‘विगत एक वर्षदेखि हामी शान्त रूपमा एआई क्षेत्रको अर्को उन्नत प्रविधि, एजेन्ट एआई निर्माण गर्दै थियौं । यो केबल अर्को च्याटबट मात्रै होइन, एउटा स्वतन्त्र एजेन्ट हो जसले विचार र कार्यान्वयनबीचको दूरी हटाउँछ । यसलाई हामी मानव र मसिनबीचको सहकार्यको नयाँ युगको रूपमा हेर्छौँ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend