images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • डोल्पाका गाउँपालिका काठमाडौं महानगरपालिकाको एग्रो पुलिङमा...

डोल्पाका गाउँपालिका काठमाडौं महानगरपालिकाको एग्रो पुलिङमा जोडिदै

डोल्पाका गाउँपालिका काठमाडौं महानगरपालिकाको एग्रो पुलिङमा जोडिदै

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौ ।  काठमाडौँ महानगरपालिकाकाले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ् कार्यक्रमका डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिका जोडिने भएका छन्। ती पालिकाका जनप्रतिनिधिहरुले काठमाडौँ महानगरपालिकाका उपप्रमुखसँग भेटघाट गरेर कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित भएको  बताएका छन् । 

    images
    images

    एग्रो पुलिङ् कार्यक्रमका विषयमा छलफल गर्दै उनीहरुले विभिन्न जातका जडिबुटी, फापरलगायत खाद्यान्न, सिमीलगायत गेडागुडी, आलुलगायत तरकारी, दूध, मासुलगायत पशुजन्य उत्पादन, ऊन, पश्मिनालगायत लत्ताकपडा काठमाडौँलाई दिन सकिने बताए। 

    यसबाट स्थानीयको आयमा वृद्धि बताउँदै उनीहरुले डोल्पाबाट धेरैले धेरै लिएको तर थोरै दिएको बताउँदै महानगरपालिकाको कार्यक्रमबाट लिनेदिने बराबरी हुने धारणा राखे। छलफलमा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङ, सेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङसहित वडाध्यक्षहरु, रोजगार संयोजक, स्वास्थ्यकर्मीसहितको टोली थियो । 

    images
    images

    छलफलमा  उनीहरूले डोल्पा जिल्ला विकासका दृष्टिले पछाडि परेको र महानगरपालिकाबाट यसको उन्नतिका लागि सहयोग प्राप्त हुने अपेक्षा राखेपछि उपप्रमुख डंगोलले, एक पटक दिएको सहयोग दिगो नहुने बताउँदै महानगरपालिका वितरणमुखी सहयोगभन्दा सेवामूलक सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने गरी सहयोग गर्ने नीतिमा रहेको  बताइन् । उनले भनिन्–‘एग्रो पुलिङ् हामीले कार्यान्वयनमा ल्याएको कार्यक्रम हो । यसबाट डोल्पाका नागरिकलाई आर्थिक लाभ हुन्छ । काठमाडौँका नागरिकले ताजा खाद्यान्न तथा तरकारी प्राप्त गर्नुहुनेछ ।’

    कुराकानीका क्रममा विकासको ढाँचा विषयमाथि कुरा गर्दै उनले आदिबासी, जनजाति र पूर्खाको ज्ञान र सिपलाई नासिन नदिनतर्फ सचेत रहन आग्रह  गरिन्। ‘आफ्नोपन जोगाएर मौलिक स्वरुप कायम राख्न पनि नसक्ने, आधुनिकतालाई अङ्गालेर पूर्ण आधुनिक पनि बन्न नसक्ने हुनु हुँदैन । हाम्रो मौलिकपन नै हाम्रा लागि उपयुक्त छ । यसलाई बचाउनुपर्छ ।’ उनको सुझाज थियो। एग्रो पुलिङ् कार्यक्रममार्फत महानगरपालिकाले सबै स्थानीय तहसँग सहकार्य गर्न सक्ने भएकोले यही कार्यक्रममार्फत डोल्पाका स्थानीय तहसँग काठमाडौँले काम गर्न सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले धारणा राखे। 

    कुराकानीका क्रममा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष गुरुङले, ठुलो भूगोल र पातलो बस्ती हुनु नै पालिकालाई विकास वितरण र व्यवस्थापनमा कठिन भएको धारणा राखे । ‘आफ्नै ठाउँमा उद्यम गरेर बसाइसराइै रोक्न सके पनि ठुलै उपलब्धि हुने थियो । यस्ता कार्यक्रम चलाउन महानगरपालिकाबाट सहयोगको अपेक्षा गरेका छौँ’ उनले भने। त्यस क्रममा सेफोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष गुरुङले, मानिसहरु गाउँमा नबस्ने भएपछि पालिकाको अस्तित्व बचाउनै कठिन भएको धारणा  राखे । ‘सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले आय गर्छ । तर यो आय संघ सरकार र निकुञ्जले नै लिन्छन् । यसबाट सुरक्षा त छ तर विकास छैन । यसबेला हामीलाई महानगरपालिकाले एउटा एम्बुलेन्स प्रदान गर्न सक्यो भने पालिकाबाट जोमसोम विमानस्थलसम्म विरामी ल्याएर नागरिकको ज्यान बचाउन सकिने थियो’ उनले अपेक्षा सुनाए। 

    छलफलमा वडा नं. १ का अध्यक्ष जिङ्मे छोइङ् नोर्वु लामा, वडा नं. ३ का अध्यक्ष पेमा धुर्मी गुरुङ्, वडा नं. ७ का अध्यक्ष पेमा छिरिङ् गुरुङ्लगायत जनप्रतिनिधिले डोल्पालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका लागि उपयुक्त भएको चित्रण गर्दै आन्तरिक पर्यटनले डोल्पाको विकासलाई योगदान दिन सक्ने र यो काठमाडौँबाट सम्भव हुने धारणा राखे। काठमाडौं महानगरपालिकाले कृषकका उत्पादन सिधैं काठमाडौंका ग्राहकसम्म पुर्याउने उदेश्यले एग्रो पुलिङ कार्यक्रम सुरु गर्न लागेको हो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend