images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत...

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सले आठौं साधरणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

    कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend