images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  •  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश प्राप्त गर्न आज (फागुन २५) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरू साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य रहनेछन्।

    images
    images

    चैत ८ गते साधारण सभा

    इन्स्योरेन्सले आठौं वार्षिक साधारण सभा चैत ८ गते नयाँ बानेश्वर, शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे आयोजना गर्ने भएको छ।

    images
    images

    ९.२४ प्रतिशत लाभांश प्रस्ताव

    सभामा आर्थिक वर्ष २०८०/८१ का लागि कुल ९.२४८९ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। जसमा:

      
    • १.२४८९ प्रतिशत बोनस सेयर
    • ८ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ।

    अधिकृत पुँजी वृद्धि र अन्य प्रस्तावहरू

    साधारण सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    साथै, कम्पनीको रजिस्टर्ड कार्यालयलाई नयाँ बानेश्वरबाट नक्साल सार्ने प्रस्ताव पारित गरिनेछ।

    लेखापरीक्षक नियुक्ति र नियामकीय अख्तियारी

    सभाले २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

    यसबाहेक, नियमनकारी निकायको निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend