images

२०८३ आश्विन १८ गते

images
images
images

एनएमबी बैंकको सीइओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको सीइओमा गोविन्द घिमिरे नियुक्त

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौंः एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिममसान्तबाट विदा हुँदैछन् । प्रमुख कार्यकारी अधिकृत पदको रुपमा चैतबाट घिमिरेले काम सम्हाल्ने छन् ।

    सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका गोविन्द घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।

    images
    images

    सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।

    गोविन्द घिमिरे सीईओ बने सँगै सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनाएको छ । उपाध्याय चाहिँ विगत एक दशक देखि एनएमिब बैंकमा कार्यरत छन् । उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा रहेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend