images

२०८३ आश्विन १८ गते

images
images
images

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । फागुन २५ गते आइतबारका लागि कम्पनीले साधारण सभा डाकेको हो । 

    images
    images

    सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्ने छ।

    साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

    images
    images

    कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ भने बुक क्लोज हुनुभन्दा अगाडि कायम रहेका शेयरधनी मात्र सभामा उपस्थित हुन पाउने जनाएको छ । सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend