काठमाडौं । चिनियाँ ब्रान्ड साओमीले नेपाली बजारमा रेड्मी बड्स सिक्स सिरिज सार्वजनिक गरेको छ । यस सिरिज अन्तर्गत रेड्मी बड्स सिक्स लाइट र रेड्मी बड्स सिक्स प्ले गरी दुई वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे भने, “हाम्रो प्रतिबद्धता भनेको नवीनतम प्रविधि प्रदान गर्दै प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउनु हो । रेड्मी बड्स सिक्स सिरिजको उत्कृष्ट अडिओ गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू हामी सुलभ मूल्यमा प्रदान गर्दैछौँ । हामी यी इयरबड्स नेपाली ग्राहकहरूलाई उपलब्ध गराउन पाउँदा धेरै नै उत्साहित छौं ।”
१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभरयुक्त रेड्मी बड्स सिक्स लाइटले शक्तिशाली साउन्ड क्वालिटी प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा रहेको ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सिलेसनको फिचरले वरपरको अनावश्यक आवाज हटाएर क्लिन साउन्ड प्रदान गर्छ ।
इयरबड्समा डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजी भएकाले कुराकानी स्पष्ट हुने कम्पनीको भनाइ छ । रेड्मी बड्स सिक्स प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो ।नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा साओमी रिटेल स्टोरहरूमा रेड्मी बड्स सिक्स सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स सिक्स लाइटको मूल्य रु. ३,४९९ तोकिएको छ भने रेड्मी बड्स सिक्स प्ले रु. १,९९९ मा खरिद गर्न सकिन्छ ।




.gif)





