images

२०८३ आश्विन २० गते

images
images
images

अब कृषि विकास बैंकको मोवाईल एपमा नयाँ एडिबीएल फण्ड ट्रान्सफर

अब कृषि विकास बैंकको मोवाईल एपमा नयाँ एडिबीएल फण्ड ट्रान्सफर

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिंङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडिबीएल थप गरि संचालनमा ल्याएको छ । 

    images
    images

    बैकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरु बैंकको ADBL Smart Plus मोवाईल  बैंकिंङ एप मार्फत प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्स संग को सहकार्यमा Fund Transfer तथा Wallet Load सुविधा संचालनमा ल्याएको छ ।

    बैंकको मोवाइल बैंकिङ एप 'ADBL Smart Plus' मार्फत ग्राहकहरुले रकम ट्रान्सफर गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नं र खातावालाको नाम सहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्क सँग रकम ट्रान्सफर गर्न सक्नेछन् ।

    images
    images

    यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ । रकम ट्रान्सफरका लागि दुई तरिकाबाट भुक्तानी गर्न सकिने सुबिधा रहेकोमा पहिलोमा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी सजिलै रकम भुक्तानी गर्न मिल्ने र दोश्रो तरिकामा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर समेत बैंक खाताहरू बीच सजिलै रकम ट्रान्सफर गर्न मिल्नेछ । यसैगरि ग्राहकहरुले कुनै शुल्क बिना विभिन्न वालेटहरुमा समेत रकम जम्मा गर्ने सुविधा समेत यस सेवामा रहेको छ ।

    ADBL Pay का विशेषताहरू
    मोबाइल बैंकिङ एप मार्फत रकम ट्रान्सफर गर्न सकिने ।
    कृषि विकास बैंक लिका ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने।
    द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने।
    छिटो, छरितो र सहज कारोबार हुने ।
    ग्राहकमैत्री सहज संचालन गर्न सकिने।
    तुरुन्तै करोवार हुने ।

    यसरी, ग्राहकहरुले ADBL Pay को साथमा छिटो, सुलभ, सुरक्षित र सस्तो रूपमा डिजिटल कारोबारको नयाँ अनुभव लिन सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend