images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकको २७औँ वार्षिक साधारण...

एनआईसी एशिया बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७औँ वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।साधारण सभामा बैंकको आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वित्तीय विवरणहरू माथि छलफल गरी स्वीकृत गरेको छ । यसमा वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वार्षिक प्रतिवेदन समावेश थिए।

    images
    images

    यसबाहेक, बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरिएको छ। बैंकले आगामी दिनमा डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै थप प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर १०० का दरले ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    बैंकको वार्षिक साधारण सभाले संस्थागत सुधार र सेवाग्राहीमैत्री बैंकिङ प्रणालीलाई सशक्त बनाउने विषयमा समेत छलफल गरेको थियो। एनआईसी एशिया बैंक हाल नेपालका सबै प्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend