images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • गर्मीयामलाई लक्षित गर्दै नेपाल भित्रिए...

गर्मीयामलाई लक्षित गर्दै नेपाल भित्रिए सेन्साई ब्राण्डका कुलर

गर्मीयामलाई लक्षित गर्दै नेपाल भित्रिए सेन्साई ब्राण्डका कुलर

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मीयामलाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमतासहित बजारमा ल्याएको हो ।

    images
    images

    सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त यी कुलरहरूमा १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जापानी प्रविधिबाट निर्मित यी कुलरहरूमा प्रभावकारी कुलिङका लागि ‘हनिकम्ब’ र सजिलै सार्नका लागि ‘कास्टोर व्हिल’, आइस च्याम्बर, वाटर लेवल इन्डिकेटर जस्ता आकर्षक विशेषताहरू रहेका छन् ।

    इन्भर्टर कम्प्याटिबल भएका कारण यी कुलरहरू बत्ती नहुनाका बेला पनि इन्भर्टरबाट सजिलै चलाउन सकिने कम्पनीको भनाइ छ । यसमा चारैतिर हावा प्रवाह गर्नका लागि फोरवे स्विंग डिफ्लेक्सन जस्ता विशेषताहरू पनि जडान गरिएको छ । ‍वाटर लेवल इन्डिकेटरमार्फत कुलरमा कति पानी रहेको छ भने सजिलै जानकारी प्राप्त गर्न सकिने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, अझ बढी चिसोको लागि यसमा आइस च्याम्बर पनि राखिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend