images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपालमा नामीले बेच्यो पाँच सय...

नेपालमा नामीले बेच्यो पाँच सय कार

नेपालमा नामीले बेच्यो पाँच सय कार

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले  नेपालको  सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ।परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो–थीम कार्यक्रममार्फत डेब्यू गर्यो।

    images
    images

    ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ।कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गर्यो।नामीले आज यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ।

    एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड–न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो।देशभरि पहिले नै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend