images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • रक्सिराङ्गको चेपाङ्ग समुदायमा इन्टरनेट पहुँचमा जोडियो,...

रक्सिराङ्गको चेपाङ्ग समुदायमा इन्टरनेट पहुँचमा जोडियो, सम्भावनाका नयाँ ढोका खुल्ने विश्वास

रक्सिराङ्गको चेपाङ्ग समुदायमा इन्टरनेट पहुँचमा जोडियो, सम्भावनाका नयाँ ढोका खुल्ने विश्वास

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  •  काठमाडौँ । नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइ, इन्टरनेट सोसाइटीको सहयोग r स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। रक्सिराङ्ग गाउँपालिका वडा नं. ५ (चैनपुर) र वडा नं. ६ (सिलिङ्गे) मा आयोजना गरिएको कार्यक्रममा समुदायलाई औपचारिक रूपमा नेटवर्क हस्तान्तरण गरिएको हो ।

    images
    images

    यसले स्थानीय स्वामित्वको सुनिश्चितता गर्दै डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने बताइएको छ । समुदायलाई नेटवर्क गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष बनस्तम थिङलाई अध्यक्ष विक्रम श्रेष्ठद्वारा चेपाङ सामुदायिक सञ्जाल हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरि बहादुर प्रजा, वडा नं. ६ का अध्यक्ष आकल बहादुर मुक्तान, राष्ट्रिय माध्यमिक विधालय‚ सिलिगें‚ काँकडा र प्रजा जागृति माध्यमिक विधालय‚ चैनपुर‚ मकवानपुरका प्रधानाध्यापकहरू, स्थानीय नेताहरू तथा समुदायका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पहिलो पटक समुदाय प्रत्यक्ष रूपमा इन्टरनेट पहुँचमा जोडिएको छ र शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका नयाँ सम्भावनाहरू खोल्ने बताए । 

    images
    images

    नेपाल इन्टरनेट फाउण्डेशन तथा साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको चिपाङ्ग समुदाय नेटवर्कले दुर्गम क्षेत्रहरूलाई भरपर्दो र किफायती इन्टरनेट पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ ।यस चेपाङ सामुदायिक नेटवर्क स्थापना गर्न ३० किलोमिटर फाइबर केबल लेआउट गर्दै विद्यालयहरू, स्थानीय व्यवसायहरू, र घरपरिवारहरूलाई डिजिटल कनेक्टिभिटीको माध्यमबाट सामाजिक तथा आर्थिक वृद्धि गर्न सहयोग गर्नेछ। साथै अतिरिक्त 'एक अभियान' टोलीले सौगात आर्ट नेपालसँगको सहकार्यमा दुवै विद्यालयमा भित्ता कला र प्यान्टिङको कार्यक्रम पनि सम्पन्न गरियो ।

    भविष्यमा, नेपाल इन्टरनेट फाउण्डेशनले प्राविधिक प्रशिक्षण, दीगो व्यवस्थापन योजना, र डिजिटल साक्षरता कार्यक्रम मार्फत समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस परियोजनाले नेपालमा समावेशी र समुदाय-आधारित इन्टरनेट पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ, जसले सबै नागरिकको डिजिटल अधिकार सुनिश्चित गर्ने लक्ष्यलाई बल पुर्याउने छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend