images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • कम्पनी दर्ता सम्बन्धी सबै काम अबदेखि...

कम्पनी दर्ता सम्बन्धी सबै काम अबदेखि अनलाइनबाटै हुने

कम्पनी दर्ता सम्बन्धी सबै काम अबदेखि अनलाइनबाटै हुने

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । अबदेखि कम्पनी दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रुपमा कार्यान्वयमा ल्याएसँगै अब कम्पनी दर्ता सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएको हो ।यतिसम्म कि यो प्रणाली (कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली) को प्रयोग गरेर कम्पनी दर्ता मात्र होइन, खारेजीसम्मका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने भएको छ ।

    images
    images

    योसँगै अब कम्पनी दर्ता तथा खारेजीका लागि सरकारी कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । यो प्रणालीमार्फत कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदन प्रणालीबाटै स्वचालित रुपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम, स्वीकृति र कम्पनी दर्ताका निवेदन एक तहबाट टुंगो लगाउने व्यवस्था मिलाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    अबदेखि कम्पनी दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै हुने भएको छ । प्रणाली कार्यान्वयनमा ल्याएसँगै अब कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कामका लागि भौतिक रुपमा कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने र सेवा सहज हुने मन्त्रालयको भनाइ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend