images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु...

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न ६ कम्पनी सर्ट लिस्टमा

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न ६ कम्पनी सर्ट लिस्टमा

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् ।नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा नै प्रक्रिया अगाडि बढाए पनि खरिद नियमावलीको व्यवस्था पूरा गर्न नसक्दा रद्ध भएको थियो ।

    images
    images

    केन्द्रीय बैंकले पुन प्रक्रिया सुरु गरेकोमा लोन पोर्टफोलियो रिभ्युको लागि ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको हो ।सर्ट लिस्टमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस, भारत र नेपालको जेभी मेहरा–जेकेएसएस–एसएसबीडीआई, भारतको एमएसकेए एण्ड एसोसिएट, भारत र नेपालको जेभी एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी सर्ट लिस्टमा परेका हुन् ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तको कर्जा र निक्षेपको तथ्यांकको आधारमा लोन पोर्टफोलियो रिभ्यु गर्ने बैंकको सूची तयार गर्नेछ ।नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधाको लागि गरेको सम्झौताको शर्तमा १० ठुला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने उल्लख थियो । उक्त शर्त कार्यान्वयनमा ढीलाइ गरेको भन्दै आईएमएफले प्रश्नसमेत उठाउँदै आएको छ ।

    images
    images

    राष्ट्र बैंकले सर्ट लिस्टमा परेको कम्पनीबाट एउटा कम्पनीलाई उक्त जिम्मेवारी दिनेछ । लोन पोर्टफोलियो रिभ्यु गर्ने बैंकको सूची चैत मसान्तको विवरणको आधारमा तयार हुने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन् । ९ वटा बैंक छनोटमा समस्या नभए पनि १० औं नम्बरमा पर्ने बैंक कुन हुने भन्ने चैतमा एकिन हुने उनले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend