images

२०८३ आश्विन २० गते

images
images
images

फूलखेतीबाट विदेशमा कमाएभन्दा राम्रो आम्दानी

फूलखेतीबाट विदेशमा कमाएभन्दा राम्रो आम्दानी

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं ।  घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि  सयपत्रिका फूल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूलमाला बिक्री गर्न व्यस्त छन् । 

    images
    images

    उनले भने, 'आजभोलि फूल चार सय किलो र माला सात सय ६५ देखि सात सय ९० सम्म बिक्री गर्दै आएका छु ।' चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । 

    व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । 'विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँ,' उनले भने, ' बाहिरी देशमा कमाएभन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरू यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।'

    images
    images

    रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएका छन् । उनले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका थिए भने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिहेका छन् । अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउँछन् ।

     
    'जिल्लामा चाडपवको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्याउनै सकिरहेको छैन,' उनले भने, 'यो समयमा फूल चिसोका कारण मर्ने भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न शुरू गरेको फूल जेठसम्म रहने छ ।' विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायत कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताउँछन्। 

    घोराही–१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर एक लाख ५० हजार बढी आम्दानी गरेको बताउँछन् । 

    साथै उनले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि विजलीको फूल पनि उत्पादन गरेका छन् । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend