images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति...

टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति ठप्प, बिरामी मर्कामा

टिचिङ अस्पतालमा २४ घण्टादेखि पानी आपूर्ति ठप्प, बिरामी मर्कामा

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा अवस्था नाजुक बनेको छ ।पानी अभावमा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरु आजित भएका छन् ।

    images
    images

    अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार अस्पताल परिसरको बोरिङले पानी तानेको छैन र खानेपानीको पाइपबाट पनि नियमित आपूर्ति भएको छैन । त्यसैले पानीको अभाव भएको उनले बताइन् । ‘पानीको समस्या समाधानका लागि छलफल भइरहेको छ,’ उनले भनिन् ।अस्पतालका एक कर्मचारीले पानी अभावमा सरसफाइ प्रभावित भएको बताए । उपचार सेवा समेत प्रभावित हुने स्थितिमा पुगेको बताउँदै उनले भने, ‘अप्रेसन समेत रोकिएलाजस्तो भइसक्यो ।’

    त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्दछ । अरु घर धनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।

    images
    images

    केयूकेएल स्रोतले भन्यो, ‘अस्पतालमा पानी आपूर्ति बन्द भएको जानकारी छैन । यसबारे हामी बुझ्छौं र हामीबाट केही समस्या रहेछ भने समाधानको तत्काल पहल गर्छौं ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend