images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • टिस्टुङ्ग रिसोर्टमा प्रभु बैँकका ग्राहकलाई विशेष...

टिस्टुङ्ग रिसोर्टमा प्रभु बैँकका ग्राहकलाई विशेष छुट

टिस्टुङ्ग रिसोर्टमा प्रभु बैँकका ग्राहकलाई विशेष छुट

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौं– प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

    images
    images

    आज एक समारोहबीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन, सन्त महर्जन र प्रभु  बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशम्शेर राणाले हस्ताक्षर गरेका हुन् । 

    सम्झौताअनुसार प्रभु  बैंकका कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

    images
    images

    उक्त रिसोर्ट मकवानपुरको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दक्षिण पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाइमा रहेको छ । 

    ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक नेपालभर ३०७ शाखा कार्यालयहरू, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend