images

२०८३ आश्विन २९ गते

images
images
images

राष्ट्र बैंक मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै

राष्ट्र बैंक मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

    images
    images

    राष्ट्र बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

    यसका लागि बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दती निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपमा कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend