images

२०८३ आश्विन २० गते

images
images
images

भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण

भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताए ।

    images
    images

    उनका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो । प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानाी तीन हजार, घिरौला दुई हजार दुई सय, लौका दुई हजार दुई सयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिए ।

    नगरपालिकाका अनुसार खुर्सानीको बेर्नाको प्रति ईकाइ वितरण मूल्य १० र अन्य तरकारीका बेर्नाको प्रति ईकाइ वितरण मूल्य १५ भए पनि किसानले खुर्सानी प्रति ईकाइ एक दशमलव पाँच तथा अन्य तरकारीका बेर्नाको दुई दशमलव २५ मात्रै तिर्नुपर्ने छ ।किसानलाई उन्नत जातका तरकारीको बेर्ना अनुदानमा वितरण गरी नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको नगर प्रमुख गणेश पोखरेलले बताए । किसानलाई कृषिमा आकर्षित गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो ।

    images
    images

    नगरपालिकाले उक्त कार्यक्रममार्फत किसान लाभान्वित हुने विश्वास राखेको छ, साथै यसले कृषि क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योग्दान पु¥याउने अपेक्षा गरिएको छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend